images
images
  • माओवादी सैन्य संगठन वाईसीएलमा प्रचण्ड र जनार्दन पक्षका सेनाबीच विवाद, कमाण्डर ओलीको निर्देशन अस्वीकार

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) सैन्य संगठन वाईसीएलमा अध्यक्ष पुष्प ओलीले एकल निर्णयमा सर्कुलर जारी गरेको भन्दै आन्तरिक विवाद चुलिएको छ ।

    तीन दिनअघि गरिएको संगठनात्मक जिम्मेवारी बाँडफाँटप्रति उपाध्यक्ष नवराज ऐरसहित आठ नेताहरूले लिखित असहमति जनाएका छन् ।

    विवाद उठाउने अधिकांश नेता पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका हुन् ।

    उनीहरूले योग्य र समर्पित कार्यकर्तालाई बेवास्ता गर्दै अध्यक्ष ओली र इञ्चार्ज रामप्रसाद सापकोटाले आफ्ना निकटलाई मात्र जिम्मेवारी दिएको आरोप लगाएका छन् ।

    कार्यालय सचिव सीता नेपालीलाई पारिश्रमिक नदिई हटाइएको, प्रदेश र जिल्लाको सिफारिस लत्याएर केन्द्रबाट मनपरी निर्णय गरिएको, तथा केन्द्रीय समिति विस्तारमा समेत प्रक्रिया नअपनाइएको असन्तुष्टि व्यक्त गरिएको छ ।

    उपमहासचिव सुरज खातीले पद र सदस्यता बेचबिखन भएको आरोप लगाउँदै नेतृत्वको आलोचना गरेका छन् भने अन्य नेताहरूले पनि सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् ।

    वाईसीएल इञ्चार्ज दीपशिखाले भने संगठनमा पूर्णसहमति सम्भव नभएको बताउँदै सर्कुलर कमिटीको निर्णय भएको दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images