काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तराई–मधेशको सुक्खाग्रस्त क्षेत्रको हवाई निरीक्षण गरेका छन् ।
विगत केही महिनादेखि लगातार वर्षा नहुँदा मधेश प्रदेशका किसानहरू धान रोप्न नपाएको र त्यसबाट उत्पन्न खाद्य संकटको सम्भावनालाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले प्रत्यक्ष निरीक्षण गरेका हुन् ।
यसअघि साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई तीन महिनाको लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको थियो ।
यो निर्णयपछि प्रधानमन्त्री ओलीले कृषिमन्त्री, प्रदेश सरकारका प्रतिनिधि र अन्य सम्बन्धित निकायहरूसँग समस्याको दीर्घकालीन समाधानका लागि छलफल गरेका थिए ।
महोत्तरी र बारामा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरमार्फत सुक्खाग्रस्त क्षेत्रहरूको हवाई अवलोकन गरेका हुन् ।
अवलोकनको क्रममा उनले कृषकहरूको पीडा, जमिनको अवस्था र सिँचाइ अभावका विषयमा जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तस्बिर – प्रम सचिवालय :



विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्