images
images
  • ९ दिनदेखि बेपत्ता सुजिता भण्डारीको हत्या भएको भन्दै निष्पक्ष छानबिन माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    चितवन । चितवनको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको हत्या भएको भन्दै स्थानीयले विरोधमा चितवनको भण्डारास्थित महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । तत्काल दोषी पत्ता लगाई कारबाही गर्न उनीहरूले माग गरेका छन् ।

    उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १०ः१५ बजेबाट सडक अवरुद्ध गरिएको हो ।  स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा सवारी तेस्र्याएर विरोध प्रदर्शन गरेका छन् ।

    फरेन्सिक चिकित्सकसहितको टोलीले आज बिहान घटनास्थलको निरीक्षण गरेपछि शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउन लागेको एम्बुलेन्सलाई पनि स्थानीयवासीले अवरोध गरेका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीसहित सुरक्षाकर्मी रहेका छन् ।

    ९ दिनदेखि बेपत्ता उनको पूर्वी चितवनको भण्डारास्थित धमिले जंगलमा आइतबार साँझ युवतीको शव भेटिएको थियो । नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजकुमार उप्रेतीका अनुसार शव पुरानो भइसकेकाले पहिचान गर्न नसकिने अवस्थाको थियो ।

    भण्डारी असार ११ गतेदेखि हराइरहेकी थिइन् । ‘भण्डारीकी दिदी र भाइ आएर हेरेका थिए । लगाएको कपडा र दाँत हेरेपछि शव सुजिताकै भएको उनीहरूले बताएका छन्,’ उप्रेतीले भने । आफन्तका अनुसार बेपत्ता हुनुअघि सुजिताले आत्तिँदै परिवार सदस्यलाई सम्पर्क गरेकी थिइन् ।

    उनको घरदेखि झन्डै एक किलोमिटर नजिकै मार्तल खोला चोकभन्दा उत्तरतिरको जंगलमा शव भेटिएको हो । ‘

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images