चितवन– चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाएको थियो । तर, अस्पताल पुर्याइएका उनलाई चिकित्सकले बिहान ३:१५ बजे मृत घोषणा गरेका थिए ।
मृतकको हालसम्म नाम, थर र वतन खुल्न सकेको छैन ।
घटनापछि प्रहरीले बससहित चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ बस्ने ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















