images
images
  • नयाँ सरकार गठनको रणनीतिमा विद्या, शेखर र प्रचण्ड, दोस्रो वरियताका नेताहरूको बाक्लो उठबस

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरणमा रोक लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारी काउन्टर तयारीमा लागेकी छन् ।

    उनले शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी औपचारिक धारणा सार्वजनिक गर्नेछन् ।

    उनको सचिवालयका अनुसार सम्मेलनमा भण्डारीले आगामी राजनीतिक कदमबारे स्पष्ट पारेकी हुनेछन् ।

    निकट नेताहरूका अनुसार उनी पछाडि नहट्ने अडानमा अडिग छन् ।

    यसअघि, मंगलबार राति एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सक्रिय राजनीतिमा सहभागिता रोक्ने निर्णय गरेको थियो ।

    उक्त निर्णयमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र नेता कर्ण थापाले असहमति जनाएका थिए ।

    विद्या, शेखर र प्रचण्डको भेट

    पूर्वराष्ट्रपति विद्या देवी भण्डारी, नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गत सोमबार साँझ काठमाडौंको एक गोप्य

    स्थलमा महत्वपूर्ण भेटवार्ता भएको थियो ।

    पछिल्ला दिनमा देशको राजनीतिक ध्रुवीकरण बदलिँदै जाँदा ती तीन नेताबीच भएको यो भेटलाई नयाँ शक्ति सन्तुलनको सम्भावित अभ्यासका रूपमा हेरिएको छ ।

    विश्वस्त स्रोतका अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थिति, सम्भावित सत्ता समीकरण, संविधान कार्यान्वयनका चुनौती र राष्ट्रको समग्र दिशा बारे गम्भीर छलफल भएको थियो ।

    तीनै नेताले अहिलेको सत्ता गठबन्धनले जनअपेक्षा पुरा गर्न नसकेको र विकल्प निर्माणको आवश्यकता रहेको कुरामा सहमति जनाएका थिए ।

    स्रोतका अनुसार उनीहरूको भेट यी विषयमा केन्द्रित छलफल भएको थियो ।

    यतिबेला विद्या, शेखर र प्रचण्ड माथहतका दोस्रो वरियताका नेताहरू आपसमा भेटवार्तामा छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images