काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री हेरफेरको चर्चा चुलिइरहेका बेला नेपाली कांग्रेसले पदाधिकारी बैठक जारी राखेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसिरहेको बैठकमा सरकारमा सहभागी भएका कांग्रेसका मन्त्रीहरू पनि उपस्थित छन् ।
पछिल्लो समय पार्टीभित्र सरकारप्रति असन्तुष्टि तीव्र भइरहेकाले देउवाले मन्त्रीसहितको बैठक बोलाएका हुन् ।
बैठकमा पार्टीको आन्तरिक अवस्था, नेकपा (एमाले)सँगको सहकार्यको समीक्षा, सरकारमा कांग्रेस सहभागी मन्त्रीहरूको भूमिका तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भइरहेको बताइएको छ ।
कांग्रेसले सिफारिस गरेका मन्त्रीहरूलाई कार्यसम्पादनको आधारमा फिर्ता बोलाउने स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्






















