images
images
  • अर्बपति नेताको पार्टी रास्वपा : नीलो खुत्रुके अभियानको बहानामा असुली धन्दा, ७ करोड कमाइ

    काठमाडौं– सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्यूआर कोडमार्फत आर्थिक सहयोग संकलन गरिरहेका छन् ।

    संघीय सांसद डा.तोसिमा कार्कीले अमेरिकाबाट ‘नीलो खुत्रुके’ अभियान घोषणा गरिन् ।

    अभियानको उद्देश्य नागरिकले २०८४ को निर्वाचनका लागि आफूलाई मनपर्ने उम्मेदवारलाई सहयोग गर्न अहिलेबाटै बचत गर्नुपर्छ भन्ने रहेको छ ।

    तर, रास्वपाभित्र अर्बपति नेता धेरै छन्, जसमा सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल, उपसभापति डोलप्रसाद अर्याल, सांसद सुमना श्रेष्ठ, डा.स्वर्णिम वाग्ले, मनिष झा लगायतको नाम अगाडि आउँछ ।

    पार्टी केन्द्रीय कार्यालय समेत करोडपति नेता भरतमणि देवकोटाको हो, जसलाई मासिक ३.५ लाख भाडा दिइन्छ ।

    यसैबीच पार्टीले विगतमा हजार रुपैयाँ सदस्यता शुल्कबाट ७ करोड रुपैयाँ संकलन गरिसकेको छ ।

    हाल हस्ताक्षर अभियानका नाममा क्यूआरमार्फत ४७ लाखभन्दा बढी चन्दा उठाइसकेको छ ।

    अमेरिकास्थित अभियानले पनि प्रवासी नेपालीलाई लक्षित गर्दै बचतको नाममा सहयोगको वातावरण बनाइरहेको छ ।

    राजनीतिक विश्लेषक डम्बर खतिवडाले यस्तो अभियानलाई जनताप्रतिको बेइमानी भनेका छन् ।

    पार्टीले आफ्ना सम्पन्न नेताहरूको स्रोत प्रयोग गर्न सक्ने भए पनि गरिब श्रमिकसँग सहयोग माग्नु नैतिक दृष्टिले गलत रहेको तर्क उनले गरेका छन् ।

    रास्वपा भने यसलाई नागरिकको स्वतःस्फूर्त सहयोग र विश्वासको रुपमा व्याख्या गर्दै आएको छ ।

    तर, आलोचकहरूका अनुसार यस्ता गतिविधिले लोकतान्त्रिक मूल्यमा आघात पु¥याउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images