images
images
  • माधव नेपाल र विप्लवबीच भेटवार्ता, एकीकृत समाजवादी र नेकपाबीच एकता हुन लागेको हो ?

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

    बिहीबार एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र विप्लवबीच भेटवार्ता भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।

    उनका अनुसार समसामयिक राजनीतिक घटनाक्रम र सामाजवादी मोर्चाको पछिल्लो गतिविधिबारे छलफल भएको छ ।

    यहीँ साउन ११ गते विप्लव नेतृत्वको समाजवादी मोर्चाको बैठक आह्वान गरिएको छ ।

    मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेकपा र महिन्द्रराय यादव नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) संलग्न छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images