काठमाडौं– थाइल्यान्ड र कम्बोडिया बीच लामो समयदेखि विवादित सीमा क्षेत्रहरूमा बिहीबार सशस्त्र झडप भएको छ । यसले महिनौँदेखिको तनावलाई द्रुत गतिमा बढाएको छ ।
लडाइँमा गोली हानाहान, गोलाबारी र रकेट प्रहार भएका थिए । लडाइँमा थाई अधिकारीहरूका अनुसार तीन प्रान्तमा कम्तीमा नौ थाई नागरिकको मृत्यु भयो र अन्य १४ जना घाइते भएका छन् । थाइल्यान्डले हवाई आक्रमण गरेर जवाफ दिएको छ ।
मे महिनामा कम्बोडियाका एक सैनिकको गोली हानी हत्या भएपछि भएको यो दोस्रो सशस्त्र भिडन्त हो र थाई सैनिकहरू घाइते बनाउने बारुदी सुरुङ विस्फोटपछि दुई देशले कूटनीतिक सम्बन्धलाई घटाएको केही घण्टापछि यो ठूलो वृद्धि भएको थियो ।
सीमामा कम्तीमा छ वटा क्षेत्रमा झडप जारी रहेको थाई रक्षा मन्त्रालयले जनाएको छ । पहिलो भिडन्त बिहीबार बिहान सुरिन र कम्बोडियाको ओद्दार मिनचे प्रान्तको सिमानामा रहेको प्राचीन ता मुएन थोम मन्दिर नजिकैको क्षेत्रमा भएको थियो ।
दुई दक्षिणपूर्वी एसियाली यी छिमेकी बीचको विवादबारे यहाँ केही जानकारी छन् ।


विश्व खबर 


















