काठमाडौं– थाइल्यान्ड र कम्बोडियाको विवादित सीमा क्षेत्रमा बिहीबार भएको भिडन्तमा एक सैनिकसहित १२ जनाको मृत्यु भएको छ ।
थाई स्वास्थ्यमन्त्रीका अनुसार एक सैनिक र ११ सर्वसाधारण मारिएका छन् । कम्बोडियाले भने हताहतबारे विवरण सार्वजनिक गरेको छैन ।
थाइल्यान्डले कम्बोडियामा रकेट प्रहार गरी एक गाउँ र अस्पतालमा आक्रमण गरेको आरोप लगाएको छ ।
जसको जवाफमा कम्बोडियाली सैन्य लक्ष्यमा हवाई आक्रमण गरिएको बताइएको छ ।
थाइल्यान्डले सबै सीमा बन्द गरी सीमावर्ती नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
तनाव बढेसँगै कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत नागरिकलाई शान्त रहन अपिल गर्दै देशले सशस्त्र आक्रमणको जवाफ दिन बाध्य भएको बताएका छन् ।
दुई देशबीचको पुरानो सीमा विवादले पुनः जटिल रूप लिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















