images
images
  • भण्डारीलाई एमालेमा रोक्ने निर्णयप्रति अधिकांश नेता असहमत

    काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र कर्ण थापाले विद्या भण्डारीलाई पार्टी राजनीतिमा प्रवेश गर्न रोक्ने निर्णयप्रति असहमति जनाउँदै फरक मत राखेका छन् ।

    थापाका अनुसार यो विषय विधान महाधिवेशन हुँदै राष्ट्रिय महाधिवेशनसम्म पु¥याइनेछ । उनले कसैलाई निषेध गर्ने निर्णय जनताको बहुदलीय जनवादको सिद्धान्तविपरीत रहेको तर्क गरेका छन् ।

    पार्टीभित्र यसअघि पनि फरक मत राख्ने नेताहरूले कारबाही भोगेका दृष्टान्त छन् । अध्यक्ष ओलीकै विरोधमा उम्मेदवारी दिएका भीम रावल पार्टीबाट बाहिरिएका छन् भने बिन्दा पाण्डे र उषाकिरण तिम्सेना ६ महिनाको निलम्बनमा परेका थिए ।

    एमालेले अङ्गालेको ‘जबज’ विचार पनि नौलो जनवादसँगको बहसपछि स्थापित भएको इतिहास स्मरण गर्दै थापाले विचार र प्रतिस्पर्धाको सम्मान गर्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images