images
images
  • प्रधानमन्त्री ओलीमाथि नेपालको टिप्पणी, भने– ‘काम छैन’

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार जनअपेक्षा अनुसार परिणाममुखी काम गर्न असफल भएको टिप्पणी गरेका छन् ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट नेतृत्वको सरकार रहँदासमेत देशमा परिवर्तनको अनुभूति नहुँदा जनतामा निराशा बढेको बताए ।

    ‘अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ,’ उनले भने, ‘तर देशको अवस्था सुधारिएको छैन । जनतामा गम्भीर निराशा छ, सरकारबाट परिणाम आउने गरी काम भएको देखिँदैन ।’

    समाजमा विद्यमान विकृति र कुरीतिमाथि प्रहार गर्दै अध्यक्ष नेपालले छाउपडी प्रथा हटाउन नसकिएको प्रति चिन्ता व्यक्त गरे ।

    उनले भने, ‘यो कस्तो विडम्बना हो, आज पनि एक महिलाको ज्यान छाउपडी प्रथाको कारण जानुपरेको छ । समाजले यस्तो प्रथा अन्त्य गर्न सकेको छैन । कम्युनिष्ट पार्टीहरू पनि त्यहीँ छन् तर हटाउन चाहँदैनन् ।’

    उनले मुलुकको आर्थिक नीति र संरचना कस्तो हुने भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको औंल्याए ।

    ‘नेपालमा कस्तो किसिमको अर्थतन्त्र अवलम्बन गर्ने भन्नेबारे विचार–विमर्श गरौँ,’ उनले भने ।

    छुवाछुत, छाउपडी लगायतका सामाजिक कुप्रथाको अन्त्यका लागि व्यापक जनचेतना अभियान आवश्यक रहेको उनको धारणा थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images