images
images
  • भण्डारीले सहमति उल्लंघन गरेपछि एमाले सदस्यता निष्क्रिय !

    काठमाडौं– नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिँदा सहमति उल्लंघन गरेको खुलासा गरेका छन् ।

    बुधबार पार्टी निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भण्डारीले सहमतिविपरीत सदस्यता लिएको र सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि केन्द्रीय कमिटीले सदस्यता निष्क्रिय गर्ने निर्णय गर्नुपरेको बताए ।

    उनका अनुसार भण्डारीले सदस्यता नवीकरण नगरी सार्वजनिक नगर्ने सहमति तोडेपछि मात्र निर्णयमा पुगेको हो ।

    एमालेले राष्ट्रपतिको गरिमा र गणतन्त्रको मर्मलाई ध्यानमा राख्दै पूर्वराष्ट्रपतिले दलको सदस्य वा नेता बन्नु उपयुक्त नहुने निष्कर्ष निकालेको छ ।

    पोखरेलले यदि भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा नगरेको भए तत्काल निर्णय नहुने र प्रक्रियागत ढंगले अघि बढ्ने उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images