images
images
  • यी हुन् सरकारले ४ दिनसम्म लुकाएर सार्वजनिक गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    काठमाडौं– सरकारले साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १० महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।

    यस्ता छन् ती निर्णयहरू :

    १. भुटानको थिम्पुमा साउन १३–१५ गते आयोजना हुने कृषि प्रणाली रूपान्तरणसम्बन्धी सम्मेलनमा योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई सहभागी हुन स्वीकृति ।

    २. बीपी कोइराला क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्न चीनसँग पत्र आदानप्रदान गर्न स्वीकृति ।

    ३. विश्व बैंकको १० मिलियन डलर अनुदानमा सार्वजनिक वित्त परियोजना कार्यान्वयनका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन ।

    ३. चीनको सानदोङ प्रान्तमा साउन ८–१० गते हुने खाद्य नोक्सानी न्यूनीकरण सम्मेलनमा कृषि सचिव डा.गोविन्दप्रसाद शर्मालाई सहभागी हुन स्वीकृति ।

    ४. इथियोपियामा साउन १२–१३ गते हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली समिक्षा सम्मेलनमा कृषि मन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति ।

    ५. साउन ६ गते नयाँ दिल्लीमा हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा गृह सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा टोलीलाई सहभागी हुने स्वीकृति ।

    ६. भारतीय सेनाले आयोजना गर्ने ड्युरान्ड कप २०२५ को उद्घाटन समारोहमा उपरथी ध्रुवप्रकाश शाहलाई सहभागी हुन स्वीकृति ।

    ८. एक जना सहायक रथीलाई मानार्थ उपरथी दर्जामा अवकाशपूर्व पदोन्नति दिने निर्णय ।

    ९. जिम्बावेमा साउन ७–१५ गते हुने वेटल्यान्डसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–१५) मा राज्यमन्त्री रूपा विकलाई सहभागी हुन स्वीकृति ।

    १०. नायब महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरेको साउन २ गतेदेखि लागू हुने स्वैच्छिक अवकाश स्वीकृत ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images