images
images
  • सभामुखको मनमौजी : क्यालेन्डरविनै प्रतिनिधिसभाको बैठक आह्वान, प्रधानमन्त्रीको विशेष सम्बोधन

    काठमाडौं– संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा पछिल्लो समय बिनाक्यालेन्डर बैठक सञ्चालनमा आएका छन् ।

    प्रतिनिधिसभाको बैठक आज (साउन ७ गते) दिउँसो १ बजेका लागि तय गरिएको छ ।

    संसद् सचिवालयले आजको सम्भावित कार्यसूची सार्वजनिक गरे पनि साउन महिनाभरिका बैठकहरूको तालिका भने अझै बनाएको छैन ।

    सामान्यतः प्रतिनिधिसभाले १५÷१५ दिनको कार्यतालिका (क्यालेन्डर) बनाउने परम्परा रहँदै आएको छ ।

    यसअघि असार १६ देखि ३२ गतेसम्मको क्यालेन्डर सार्वजनिक गरिएको थियो ।

    तर, साउन महिनामा प्रवेश गरिसक्दा पनि संसद् बैठकको कुनै तालिका सार्वजनिक भइसकेको छैन ।

    आजको बैठकको सम्भावित कार्यसूची भए पनि अब अर्को बैठक कहिले बस्ने भन्नेबारे जानकारी दिइएको छैन ।

    साउन महिनाको सुरुआतको १५ दिनमध्ये आधा समय बितिसक्दा पनि सचिवालयले क्यालेन्डर निर्माण नगरेको देखिन्छ ।

    यस्तै, राष्ट्रिय सभाको अवस्था पनि उस्तै छ ।

    साउन महिनाका लागि कुनै औपचारिक क्यालेन्डर नबनाइ राष्ट्रिय सभाको बैठक मंगलबार सम्पन्न भयो ।

    अब अर्को बैठक साउन ११ गतेका लागि बोलाइएको छ ।

    तर, सो बैठकमा के विषयमा छलफल हुनेछ भन्नेबारे संसद् सचिवालयले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

    संसद् बैठकहरू क्यालेन्डरबिनै सञ्चालनमा आउनुले कार्यसञ्चालनमा पारदर्शिता र तयारीको अभाव देखिएको विश्लेषकहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images