images
images
  • वामदेव गौतम नेकपा (एस)मा प्रवेश गरेको ७ दिन अपुग्दै भने– ‘म पार्टीमा बस्न सक्दिनँ’

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीमा पद होइन, काम चाहिएको स्पष्ट पारेका छन् ।

    उनले आफूलाई जिम्मेवारीसहितको कार्यक्षेत्र दिनुपर्ने आग्रह गर्दै कामबिनाको पद स्वीकार गर्न नसक्ने बताएका छन् ।

    बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले पार्टी नेतृत्वलाई चेतावनी दिँदै भने, ‘काम नदिए, म पार्टीमा धेरै समय बस्न सक्दिनँ ।’

    भर्खरै मात्र एकीकृत समाजवादीमा समाहित भएका गौतमले पार्टीमा आफ्नो भूमिका अझ स्पष्ट बनाउनुपर्ने माग गरे ।

    ‘मलाई के पद दिने भन्ने कुरा उठेको छ । तर मलाई पद चाहिएको होइन,’ उनले भने, ‘काम चाहिएको हो । त्यसका लागि आवश्यक भएजति नयाँ पद सिर्जना गर्नुस्, तर काम दिनुस् ।’

    कामबिनाको जिम्मेवारी आफूलाई स्वीकार्य नहुने उल्लेख गर्दै गौतमले थपे, ‘म त्यस्तो मान्छे होइन, जसले खाली बसेर समय बिताओस् । यदि मलाई काम दिनुहुन्न भने म धेरै लामो समय यहाँ बस्दिनँ ।’

    कार्यक्रममा उनले नेपालको संविधानमा उल्लेख गरिएको समाजवादको लक्ष्यलाई व्यवहारमा उतार्दै मुलुकलाई विश्वका उत्कृष्ट समाजमध्ये एक बनाउनु पर्ने धारणा पनि राखे ।

    गौतमले साउन २ गते एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images