images
images
  • ओलीद्वारा भण्डारीको एमाले सदस्यता रद्द, राजनीतिमा सक्रिय हुन रोक, प्रतिवादको तयारीमा नेताहरू

    काठमाडौं– नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन प्रतिबन्ध लगाएसँगै उनले लिएको भनिएको पार्टी सदस्यता रद्द गरेको छ ।

    पार्टीको केन्द्रीय कमिटीले संविधानको मर्मअनुसार राष्ट्राध्यक्ष पदमा रहेकी व्यक्तिले पुनः दलगत राजनीतिमा फर्कन नहुने निर्णय गरेको हो ।

    बुधबार सार्वजनिक निर्णयमा संविधानका धारा उद्धृत गर्दै भनिएको छ, ‘राष्ट्राध्यक्षले कुनै दल विशेषको सदस्य वा नेता बन्न मिल्दैन ।’

    पार्टीको भनाइमा पूर्वराष्ट्रपतिले राजनीतिमा फर्किएमा संविधान र गणतन्त्रको मर्ममा गलत सन्देश जान्छ ।

    तर, उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी समिति सदस्य कर्ण थापाले यस निर्णयमा असहमति जनाएका छन् ।

    थापाले निर्णय न एजेन्डामा परेको न त प्रक्रियागत भएको भन्दै राजनीतिक प्रतिवादको घोषणा गरेका छन् ।

    भण्डारी पक्षधर नेताहरूले यसलाई जबज र संविधान प्रदत्त अधिकारको उल्लंघन भन्दै कानुनी प्रतिवादको तयारी थालेका छन् ।

    संविधानको धारा १७ र राजनीतिक दल ऐन २०७३ अनुसार पूर्वराष्ट्रपतिलाई पनि पार्टी सदस्य बन्ने स्वतन्त्रता हुने तर्क उनीहरुको छ ।

    भण्डारीले पनि प्रतिक्रिया दिँदै आफू चुप लागेर नबस्ने चेतावनी दिएकी छन् ।

    उनले भनेकी छन्, ‘म माझकिराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images