काठमाडौँ । नेपालले गत वर्ष कीर्तिमानी निर्यात गरेको छ। भन्सार विभागका अनुसार नेपालको निर्यात व्यापार ८१.८० प्रतिशतले फस्टाएको हो। आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असारसम्म नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ । अघिल्लो वर्ष नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजारको निर्यात गरेको थियो । ताजा तथ्यांकअनुसार नेपालले यो अवधिमा आयात समेत १३.२५ प्रतिशतले बढाएको छ। यसअनुसार १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजारको वस्तु तथा सेवा आयात गरेको छ। अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजारको आयात गरेको थियो।
गत वर्ष नेपालको व्यापारघाटा समेत ६ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्ष १४ खर्ब ४० अबत्र्र ६० करोड ४२ लाख ८४ हजार रहेको घाटा गत वर्ष १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार पुगेको छ । गत वर्ष नेपालले कुल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ। जुन अघिल्लो वर्षको १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजारको तुलनामा १९.२४ प्रतिशतले बढी हो।
कुल व्यापारमा निर्यातको हिस्सा ५२.४७ प्रतिशतले धनात्मक हुँदा आयातको हिस्सा ५.०२ प्रतिशतले ऋणात्मक छ।र्तिमानी रुपमा गत वर्ष १३ हजार ५ सय ७८ वटा विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन्। तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा १ हजार ४ सय ३१ वटा बढी यो सेग्मेन्टका सवारीसाधन आयात गरिएको हो। अघिल्लो वर्ष सोही अवधिमा १२ हजार १ सय ४७ वटा ईभी कार, भ्यान र जिपको नेपालमा कीर्तिमानी आयात गरिएको थियो। गत वर्ष नेपालमा ६४ लाख १० हजार रुपैयाँ बराबरको ५० किलोवाटसम्मको ९ वटा अनएसेम्बल्ड विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्।
त्यसैगरी ५० किलोवाटसम्मकै ८ अर्ब ३१ करोड १४ लाख ८० हजारको ४ हजार ७ सय ३२ वटा एसेम्बल गरिएका विद्युतीय कार, जिप र भ्यान आयात हुँदा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान १८ अर्ब ६२ करोड ८ लाख १४ हजार रुपैयाँबराबरको ७ हजार ४ सय ३१ वटा आयात भएको छ। यसबाहेक १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान ४ अर्ब ५३ करोड ४५ लाख ३० हजारको १ हजार ३ सय ६२ वटा आयात भएको छ।
त्यसैगरी २०१ देखि माथि किलोवाट क्षमताको २७ करोड ८४ लाख ८७ हजारबराबरको ४२ वटा आयात हुँदा ३०० किलोवाटभन्दा बढी मोटर पावर क्षमताका दुईवटा ८३ लाख २३ हजारको विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएको छ। यसबाहेक विद्युतीय तीनपांग्रे १ अर्ब १ करोड ६९ लाख २८ हजारको ९ हजार ७ सय २८ वटा, अनअसेम्बल्ड विद्युतीय तीनपांग्रे ६६ करोड ८९ लाख २० हजारको ६ हजार ७७७ वटा आयात भएको छ।
विद्युतीय बसतर्फ गत वर्ष १३ करोड ४१ लाख ८० हजार रुपैयाँका १६ वटा, १५ देखि २५ सिटका मिनिबस ४ अर्ब ३४ करोड १० लाख २४ हजारका १ हजार २ सय ६० वटा, ११ देखि १४ सिटका माइक्रो बस ४ अर्ब ९४ करोड ५९ लाख १५ हजार रुपैयाँका १ हजार ८ सय ३० वटा आयात भएका छन्। थेगिनसक्नु आयात र कमजोर निर्यातका बीच पनि नेपालले १३ वटा वस्तुको वैदेशिक व्यापारमा नाफा गरेको छ। आर्थिक वर्ष २०८१÷८२ मा नेपालको व्यापारघाटा १५ खर्ब २७ अर्बमा पुग्दा केही वस्तुहरुको निर्यात भने सुधारिएको हो। यो वर्ष कफी, चिया र चियामसला, वनस्पतिबाट निर्मित वस्तुहरु, छालाजन्य कच्चापदार्थ, कोइला, कार्पेटलगायतका वस्तुहरुको व्यापारमा नेपालले नाफा गरेको तथ्यांकले देखाएको छ।
यी वस्तुहरु व्यापारमा अघिल्लो वर्षभन्दा सुधार देखिएको छ। भन्सार विभागका अनुसार यो वर्ष नेपालले १२ अर्ब २५ करोड रुपैयाँबराबरको कार्पेट तथा गलैँचा निर्यात गर्दा ५७ करोड ७८ लाख बराबरको मात्र आयात गरेको छ। यो वर्ष उक्त वस्तु व्यापारमा नेपाल ११ अर्ब ६७ करोड रुपैयाँले नाफामा छ। यस्तै तरकारी तथा फलफूलजन्य वस्तुहरुमा पनि नेपालको नाफा अघिल्लो वर्षभन्दा बढेको छ। आर्थिक वर्ष २०८१÷०८२ मा कुल ७ अर्ब ७४ करोड रुपैयाँ निर्यात हुँदा २ अर्ब ३८ करोडको आयात भएको हो। यो वर्ष तरकारी तथा फलफुलको व्यापारमा नेपाल ५ अर्ब ३५ करोड रुपैयाँले नाफामा छ भने कोइलाको व्यापारमा पनि नेपाल ४ अर्बले नाफामा छ।
योबाहेकका वस्तुहरुमध्ये कफी, चिया र चियामसला, वनस्पतिद्वारा निर्मित वस्तु, फेल्टको व्यापारमा नेपाल ३ खर्बभन्दा धेरैले नाफामा देखिन्छ। यो वर्ष नेपालले विभिन्न मुलुकमा १३ अर्बबराबरको कफी, चिया र मसला निर्यात हुँदा ४ अर्बको वनस्पतिजन्य वस्तुहरु, ५ अर्बको फेल्टबाट बनेका वस्तुहरुको निर्यात गरेको छ। यस्तै वाद्यवादन तथा त्यसका सामग्रीको व्यापारमा नेपाललाई ६८ करोड नाफा देखिँदा सिसाजन्य वस्तुहरुको व्यापारमा ८५ करोड, फेल्टबाट निर्मित लत्ताकपडाको व्यापारमा १७ करोड नाफा भएको छ।
यीबाहेक गत आर्थिक वर्षमा मासु र मासुजन्य वस्तुहरुमा ११ करोड, पुरातात्विक कला तथा कलात्मक वस्तुहरुको व्यापारमा २६ करोड रुपैयाँ नाफा भएको छ। थेगिनसक्नु आयात र कमजोर निर्यातका बीच पनि नेपालले १३ वटा वस्तुको वैदेशिक व्यापारमा नाफा गरेको छ। आर्थिक वर्ष २०८१÷८२ मा नेपालको व्यापारघाटा १५ खर्ब २७ अर्बमा पुग्दा केही वस्तुहरुको निर्यात भने सुधारिएको हो।
यो वर्ष कफी, चिया र चियामसला, वनस्पतिबाट निर्मित वस्तुहरु, छालाजन्य कच्चापदार्थ, कोइला, कार्पेटलगायतका वस्तुहरुको व्यापारमा नेपालले नाफा गरेको तथ्यांकले देखाएको छ। यी वस्तुहरु व्यापारमा अघिल्लो वर्षभन्दा सुधार देखिएको छ। भन्सार विभागका अनुसार यो वर्ष नेपालले १२ अर्ब २५ करोड रुपैयाँबराबरको कार्पेट तथा गलैँचा निर्यात गर्दा ५७ करोड ७८ लाखबराबरको मात्र आयात गरेको छ।
यो वर्ष उक्त वस्तु व्यापारमा नेपाल ११ अर्ब ६७ करोड रुपैयाँले नाफामा छ। यस्तै तरकारी तथा फलफूलजन्य वस्तुहरुमा पनि नेपालको नाफा अघिल्लो वर्षभन्दा बढेको छ। आर्थिक वर्ष २०८१÷०८२ मा कुल ७ अर्ब ७४ करोड रुपैयाँ निर्यात हुँदा २ अर्ब ३८ करोडको आयात भएको हो। यो वर्ष तरकारी तथा फलफुलको व्यापारमा नेपाल ५ अर्ब ३५ करोड रुपैयाँले नाफामा छ भने कोइलाको व्यापारमा पनि नेपाल ४ अर्बले नाफामा छ।
योबाहेकका वस्तुहरुमध्ये कफी, चिया र चियामसला, वनस्पतिद्वारा निर्मित वस्तु, फेल्टको व्यापारमा नेपाल ३ खर्बभन्दा धेरैले नाफामा देखिन्छ। यो वर्ष नेपालले विभिन्न मुलुकमा १३ अर्बबराबरको कफी, चिया र मसला निर्यात हुँदा ४ अर्बको वनस्पतिजन्य वस्तुहरु, ५ अर्बको फेल्टबाट बनेका वस्तुहरुको निर्यात गरेको छ। यस्तै वाद्यवादन तथा त्यसका सामग्रीको व्यापारमा नेपाललाई ६८ करोड नाफा देखिँदा सिसाजन्य वस्तुहरुको व्यापारमा ८५ करोड, फेल्टबाट निर्मित लत्ताकपडाको व्यापारमा १७ करोड नाफा भएको छ। यीबाहेक गत आर्थिक वर्षमा मासु र मासुजन्य वस्तुहरुमा ११ करोड, पुरातात्विक कला तथा कलात्मक वस्तुहरुको व्यापारमा २६ करोड रुपैयाँ नाफा भएको छ।


विश्व खबर 


















