images
images
  • रूपन्देही–३ को उपनिर्वाचनमा कांग्रेसले भुटानी शरणार्थी नाइके खाँणलाई उमेद्‌वार बनाउने तयारी

    काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीका शीर्ष नेताहरूले आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा २०७९ सालको निर्वाचनमा उठेका उम्मेदवारलाई पुनः अघि सार्न सुझाव दिएका छन् ।

    आज (मंगलबार) बिहान बुढानीलकण्ठस्थित देउवा निवासमा पुगेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा

    पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महतले २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार रहेका बालकृष्ण खाणलाई नै पुनः उम्मेदवार बनाउन आग्रह गरेका हुन् ।

    उक्त सर्कलका नेताहरूले कांग्रेसको पक्षमा मत अभिवृद्धि गराउने रणनीतिसहित खाणलाई पुनः अघि सार्नुपर्ने धारणा राखेको बताइएको छ ।

    भेटमा सहभागी पूर्वउपसभापति श्रेष्ठले खाँणलाई नै उम्मेदवार बनाएर निर्वाचन जित्ने रणनीति अपनाउनुपर्ने धारणा राखिएको जानकारी दिए ।

    २०७९ को निर्वाचनमा बालकृष्ण खाण राप्रपा नेता दीपक बोहोरासँग पराजित भएका थिए ।

    बोहोराको निधनपछि खाली भएको सो क्षेत्रको उपनिर्वाचन हुन लागेको हो ।

    खाण पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थिए, जसका कारण उनी विवादास्पद पात्रका रूपमा देखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images