images
images
  • सेयर बजार बढ्यो

    काठमाडौं– मंगलबार नेप्से सूचकमा उल्लेखनीय वृद्धि देखिएको छ ।

    ८०.९७ अंकको छलाङसहित नेप्से २९७३.७० अंकमा पुगेर हालको वर्षको उच्चतम विन्दुमा पुगेको छ ।

    यो स्तर सन् २०२४ को भदौ २ यताकै उच्च हो, जसमा नेप्सेले ३ हजार अंक छोएको थियो ।

    बजार खुल्दादेखि नै सकारात्मक संकेत देखिन थालेको सूचक अन्तिम घडीसम्म निरन्तर उकालो लागिरह्यो ।

    कारोबार रकमसमेत उल्लेखनीय रूपमा वृद्धि भएको छ ।

    सोमबारको १६ अर्ब ३२ करोड रुपैयाँको तुलनामा मंगलबार कुल कारोबार २० अर्ब ८ करोड रुपैयाँ नाघेको छ ।

    कुल २३६ कम्पनीका सेयर मूल्यमा वृद्धि हुँदा १४ कम्पनीका सेयर घटेका छन् ।

    विभिन्न क्षेत्रीय सूचकहरूमध्ये उत्पादन तथा प्रशोधन समूह ४.६३ प्रतिशतले अगाडि बढ्यो ।

    त्यसैगरी, जीवन बीमा ४.३६ प्रतिशत र माइक्रोफाइनान्स ४.०७ प्रतिशतले बढे ।

    अन्य समूहको वृद्धि विवरण यस्तो छ :

    • बैंकिङ: २.१०%

    • विकास बैंक: २.२६%

    • फाइनान्स: १.९४%

    • होटल तथा पर्यटन: ३.४४%

    • हाइड्रोपावर: १.९०%

    • लगानी: ३.२४%

    • निर्जीवन बीमा: २.५६%

    • अन्य: ३.२६%

    • व्यापार: १.०१%

    यस दिन तीन कम्पनीका सेयर मूल्यमा १० प्रतिशतको सर्किट ब्रेक लाग्यो ।

    ती कम्पनीहरू हुन्– ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्ट ।

    ट्रेड टावर र सान्भी इनर्जी नयाँ सूचीकृत कम्पनी हुन् ।

    कारोबारपछि ट्रेड टावरको मूल्य ५३५ रुपैयाँ ८० पैसा र सान्भी इनर्जीको ४७७ रुपैयाँ ७० पैसा पुगेको छ ।

    अन्य उल्लेखनीय मूल्य वृद्धिका उदाहरणहरू यस्ता छन् :

    • उन्नति सहकार्य लघुवित्त: ९.९०%

    • विन्ध्यबासिनी हाइड्रोपावर: ९.७६%

    • सोनापुर सिमेन्ट: ८.७७%

    • इनिफिनिटी लघुवित्त: ८.३६%

    यता, बोटलर्स नेपाल (बालाजु) का सेयर २.४६%, ग्रिन डेभलपमेन्ट बैंकका २.१९% र पञ्चकन्या माइ हाइड्रोपावरका २.०३% ले घटेका छन् ।

    मंगलबार सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर कम्पनी र ङादी ग्रुप परेका छन् ।

    सेयर बजारको कुल पूँजीकरण ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा ठूलो हो ।

    बजार निरन्तर उकालो लागिरहेकाले पूँजीकरणले दैनिक नयाँ कीर्तिमान कायम गर्ने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images