images
images
  • कांग्रेस ५ भाइको चाक्सीबारी–बूढानीलकण्ठ दौडधुप, देउवाले कसैलाई दिएनन् भावी नेतृत्वको ग्रीन सिग्नल

    काठमाडौं– नेपाली कांग्रेसका पाँच जना पूर्वपदाधिकारीले मंगलबार सभापति शेरबहादुर देउवालाई भेट गरी आगामी १५औं महाधिवेशनका लागि सभापति उम्मेदवारको विषयमा परामर्श गरेका छन् ।

    चाक्सीबारी छलफलपछि बूढानीलकण्ठ पुगेका गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले देउवालाई कसैलाई सभापतिको ‘ग्रिन सिग्नल’ दिएको हो कि भनेर स्पष्ट पार्न आग्रह गरेका थिए ।

    देउवाले आफूले अहिलेसम्म कसैलाई सभापतिको वचन नदिएको जवाफ दिएका छन् ।

    भेटमा नेताहरूले देउवाले अघिल्ला संकटका बेला साथ दिएका नेताहरूलाई बेवास्ता गरेको गुनासो पनि राखे ।

    नेताहरूले सरकारको कार्यक्षमता, गठबन्धनको स्थायित्व, भ्रष्टाचार नियन्त्रण, नियुक्ति प्रक्रियाको पारदर्शिता, रूपन्देही–३ उपनिर्वाचनलगायत विषयमा पनि छलफल गरेका थिए ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता र शेखर कोइरालाको भेटवार्ताबारे पनि प्रश्न उठाइएको थियो ।

    देउवाले संविधानविपरीत राष्ट्रपतिको पुनः राजनीतिक सक्रियता नहुने बताएका छन् ।

    देउवा समूहभित्र उम्मेदवार चयनमा ढिलाइ भएको भन्दै नेताहरूले स्पष्ट सन्देश दिन आग्रह गरेका छन् ।

    तर, देउवाले प्रधानमन्त्री बन्ने पालोको प्रतीक्षापछि मात्र महाधिवेशनतर्फ अघि बढ्ने संकेत दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images