काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनबारे नेपाली कांग्रेसले असहमति जनाएको छ ।
मंगलबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको छलफलमा पूर्वराष्ट्रपतिले फेरि पार्टी राजनीतिमा फर्किनु उचित नहुने निष्कर्ष निकालिएको हो ।
छलफलमा सभापति देउवासहित गोपानमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजय गच्छेदार र डा. प्रकाशरण महत सहभागी थिए ।
नेताहरूले पूर्वराष्ट्रपति जस्तो सम्मानित पदमा रहेकाले त्यसको गरिमा कायम राख्नुपर्ने धारणा व्यक्त गरे ।
सभापति देउवाले एमालेले यसबारे स्पष्ट निर्णय गर्नुपर्ने बताए ।
पूर्वराष्ट्रपति भण्डारी भने एमाले राजनीतिमा सक्रिय भइसकेकी छन् र यसले एमालेभित्र पनि मतभेद उत्पन्न गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बाँकी कार्यकाल सकिएलगत्तै देउवालाई प्रधानमन्त्री सुम्पिने बताउँदै आएका छन् ।
उनको कार्यकाल समाप्तिसँगै देउवाले आफू प्रधानमन्त्री बन्नुको साटो आरजु राणालाई बनाउने चर्चा चलेको छ ।
यस्तोबेला विद्याले रोक्नसक्ने संकेत पाएका देउवाले विद्यादेवी भण्डारीलाई एमालेमा फर्किन नदिन ओलीलाई उक्साउँदै आएका छन् ।
तर, विद्याले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन् ।






















