काठमाडौं– एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ ।
सम्झौताअनुसार एनआईसी एशिया बैंकका सेवाग्रहीले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्योपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट सेवा प्राप्त गर्न सक्नेछन् ।
सुविधाको उपभोग गर्न सेवाग्राहीलाई बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन् ।
यसको अलवा मोबाइल बैंकिङ एपमार्फत पनि भुक्तानी गर्नसक्ने बैंकले जनाएको छ ।
बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सशक्तरूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले सेवाग्राहीको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















