images
images
  • भूमि विधेयकमा एमाले–कांग्रेसबीच चर्को मतभेद, छलफल निष्कर्षविहीन

    काठमाडौं– भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई लिएर सत्ता गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस नेकपा र एमालेबीच चर्को मतभेद चुलिएको छ ।

    एमालेले विधेयकलाई अहिलेकै अवस्थामा संसदमा पेस गरेर पारित गर्न जोड दिँदै आएको छ भने, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका सांसदहरूले विधेयक संसदीय समितिमा पठाएर विस्तृत छलफल गर्नुपर्ने माग राख्दै संशोधन दर्ता गराएका छन् ।

    सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बलराम अधिकारीलाई बोलाई दुबै पक्षबीच छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन ।

    छलफलमा कांग्रेसबाट गगन थापा, रमेश लेखक, श्यामकुमार घिमिरेसहितका नेता तथा संशोधनकर्ता सांसदहरू सहभागी थिए । एमालेतर्फबाट मन्त्री अधिकारी र मुख्य सचेतक महेश बर्तौला सहभागी थिए ।

    कांग्रेसले भूमिहीन दलित र अन्य भूमिहीनलाई एकै समूहमा राख्न नहुने, चिया उद्योगका नाममा छुट पाएका जग्गामा घरजग्गा व्यवसाय रोक्नुपर्ने लगायतका संशोधन प्रस्ताव अघि सारेको छ ।

    तर एमालेले भने विधेयकलाई सीधै सदनबाट पारित गर्नुपर्ने अडान दोहोर्‍याएको छ ।

    संशोधनकर्ताहरूले मंगलवार पुनः छलफल हुने जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images