images
images
  • कांग्रेस ७ भाइको निष्कर्ष : कांग्रेस–एमाले सत्ता गठबन्धन सात बुँदे सहमतिबाट विचलित

    काठमाडौं– नेपाली कांग्रेसका सातजना पूर्वपदाधिकारी ‘सात भाइ’ले नेकपा (एमाले)सँगको सात बुँदे सहमतिअनुसार संविधान संशोधन प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

    नेता प्रकाशमान सिंहको चाक्सीबारी निवासमा बसेको बैठकमा बैठकमा पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा.शशांक कोइराला तथा पूर्वसहमहामन्त्री तथा वर्तमान कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत सहभागी थिए ।

    उनीहरूले गठबन्धन सरकारले जनहितमा अझ प्रभावकारी काम गर्नुपर्ने र २०८४ सम्म गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images