images
images
  • विद्याको पक्षमा बोल्ने एमालेका जोकोहीलाई निर्मम कारबाही गर्ने रणनीतिमा ओली

    काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबार च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा नेताहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिएका छन् ।

    आइतबार च्यासलमै भण्डारीसँग भेटवार्ता भएको उल्लेख गर्दै ओलीले राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई विवादमा नतान्न आग्रह गरेका थिए ।

    ओलीका अनुसार भेटको प्रस्ताव भण्डारीबाट आएको थियो र उनले पोलिट्ब्युरो निर्णयका विषयमा जानकारी गराएका थिए ।

    भण्डारीले आफ्नो धारणा पछि दिने जनाएकी छन् । ओलीले पार्टी कार्यालयमा भण्डारीप्रति असन्तुष्टि देखाउने समूहहरूको गतिविधि अनुशासनविपरीत रहेको बताए ।

    पार्टी सदस्यता नवीकरणसम्बन्धी निर्णय अझै नभएको स्पष्ट पार्दै उनले अनुशासनहीनता दोहोरिए कडा कारबाही हुने चेतावनी पनि दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images