images
images
  • ट्रम्पको ५० दिने अल्टिमेटमको पुटिनद्वारा बेवास्ता, युक्रेनमाथि भीषण हवाई हमला

    काठमाडौं– रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्न आफ्ना पुरानै मागहरू पुनः दोहो¥याउँदै ती पूरा नगरी युद्ध नरोकिने अडान लिएको छ । मुख्य मागहरूमा युक्रेनले नेटो सदस्यता नछाडेसम्म र रुसले कब्जा गरेका भू–भाग फिर्ता नगर्ने अडान समावेश छन् ।

    यता, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ५० दिनभित्र युद्धविराम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । त्यसको जवाफस्वरूप क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार रुसी टेलिभिजनमा रुसका लक्ष्यहरू स्पष्ट र अपरिवर्तनीय रहेको बताए ।

    युक्रेन र उसका पश्चिमी सहयोगीहरूले भने रुसका मागहरू अस्वीकार गरेका छन् । शान्ति प्रक्रियाको सम्भावना जटिल बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू बताउँछन् ।

    जेलेन्स्कीले शनिबार शान्ति वार्ताको नयाँ प्रस्ताव राखेका छन् । रुसले वार्ताका लागि इच्छा देखाए पनि मिति तय भइसकेको छैन । टर्कीको इस्तानबुल सम्भावित वार्ता स्थलका रूपमा चर्चा हुँदैछ ।

    युद्धबीच ट्रम्पले असफल वार्ताप्रति असन्तुष्टि जनाउँदै युक्रेनलाई नयाँ अमेरिकी हतियार आपूर्ति सुरू गर्ने घोषणा गरेका छन् । यसले युक्रेनको सैन्य क्षमता बढाउने अपेक्षा गरिएको छ । तर, रुसको आक्रामकता रोक्न पर्याप्त हुनेमा शंका छ ।

    सोमबार राति रुसले किभमा ड्रोन र मिसाइल आक्रमण गर्दै मेट्रो स्टेशन, घर र पसलमा क्षति पु¥याएको छ । जापोरिज्जिया, खार्किभ र सुमीमा पनि आक्रमण भएको छ । युक्रेनका अनुसार १८ ड्रोन खसालिएको छ भने रुसले ९३ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

    यसैबीच युरोपेली संघको १८औँ प्रतिबन्ध प्याकेजले रुसको तेल र ऊर्जा उद्योगलाई लक्षित गरेको छ । रोसनेफ्टले भारतको नायारा इनर्जीमा लक्षित प्रतिबन्ध अवैध रहेको भन्दै आलोचना गरेको छ । ईयूले भने प्रतिबन्ध अहिलेसम्मकै कडा भएको र मस्कोले आक्रमण रोक्नुपर्ने बताएको छ । –एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images