काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा ‘स्कुल अफ माक्र्सिजम’को आयोजनामा भोलि (मङ्गलवार) दिउँसो १ः३० बजे राष्ट्रियसभा गृहमा विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र वक्ताका रूपमा सहभागी हुनेछन् ।
कार्यक्रममा नेपालको समसामयिक राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनको चुनौती र आगामी कार्यदिशाबारे बहस गरिनेछ ।
कम्युनिस्ट पार्टीहरूमा देखिएको वैचारिक विचलन, अस्पष्ट दिशा र सत्ता–स्वार्थको प्रभावबारे समेत चर्चा हुने आयोजकले जनाएको छ ।
पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । २०३५ साउन ७ गते उनको निधन भएको थियो ।






















