images
images
  • पञ्चहरू फुट उन्मुख : राप्रपा अध्यक्ष लिङ्देनद्वारा महामन्त्री राणा क्याम्पका नेतामाथि कारबाहीको डण्डा, मिश्र चुपचाप

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पछिल्लो समय तीव्र आन्तरिक विवाद चुलिँदै गएका छन् ।

    अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ र साउन २ गते गरी पार्टीका तीन पदाधिकारी नवराज सुवेदी, सगुनसुन्दर लावती र मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि विवाद सतहमा आएको हो । ती सबै मनोनीत पदाधिकारी लिङ्देनकै समीपका थिए ।

    उनीहरूलाई कुनै स्पष्टीकरणको मौका नदिइएको भन्दै संस्थापनइतर नेताहरू प्रकाशचन्द्र लोहनी, धवलशम्शेर राणा, कुन्तिकुमारी शाहीलगायतले आपत्ति जनाउँदै पुनर्बहालीको माग गरेका छन् । निर्वाचन आयोगमा समेत उजुरी परेको छ ।

    तर, पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने पूरै घटनाक्रममा मौन देखिएका छन् । तीनकुने घटनापछि हिरासतमा परेका मिश्र हालसम्म खासै सक्रिय राजनीतिक भूमिकामा देखिएका छैनन् । धवलशम्शेर राणासँग राजनीतिक निकटता भए पनि हाल उनी तटस्थ छन् ।

    लिङ्देनले संस्थापनइतर समूह ‘ग्याङअप’ गर्दै आफूविरुद्ध गुटबन्दी गरिरहेको आरोप लगाएका छन् । अर्कोतर्फ धवल र सुवेदी पक्षले अध्यक्ष स्वेच्छाचारी हुँदै गएको र पार्टीमा आतंक छाएको भन्दै विरोध गर्दै आएका छन् ।

    अध्यक्ष लिङ्देनले ‘विधानसम्मत अधिकार प्रयोग गरिएको’ दाबी गर्दै मनोनीत पदाधिकारीलाई हटाउने अधिकार आफूमा भएको बताउँदै आएका छन् । तर विरोधीहरू भने त्यसलाई एकल निर्णय र दमनको रूपमा चित्रित गर्दैछन् ।

    यही विवादबीच मिश्रको मौनता र सम्भावित असहज स्थिति पार्टीभित्र थप पेचिलो बनिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images