images
images
  • च्यासलमा विद्यासँगको भेटमा ओलीले भने– पूर्वराष्ट्रप्रमुख राजनीतिमा फर्किने व्यवस्था छैन

    काठमाडौं– आइतबार नेकपा (एमाले) पार्टी कार्यालय च्यासलमा भएको भेटमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सदस्यता नवीकरण नहुने स्पष्ट पारेका छन् ।

    भण्डारीकै आग्रहमा भएको सो भेटमा उनले सक्रिय राजनीतिमा फर्कन नहुने व्यवस्था भएको भन्दै पूर्वराष्ट्रपतिका रूपमा सम्मानपूर्वक बस्न सुझाव दिएका हुन् ।

    भण्डारीले सदस्यता नवीकरणबारे जिज्ञासा राखे पनि ओलीले यो प्रक्रियाको नभई प्रणालीको विषय भएको बताए ।

    पार्टीभित्र पनि भण्डारीको पक्षमा समर्थन कमजोर देखिएको छ । सचिवालय र पोलिटब्युरो बैठकहरूमा थोरै नेताहरू मात्र उनका पक्षमा खुलेका छन् ।

    भण्डारी पक्षका नेताहरू पनि पछिल्लो समय एकताको सन्देश दिन ओलीसँग सहकार्य गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

    सोमबारको केन्द्रीय कमिटी बैठकअघि भेटघाटको चाँजोपाँजो मिलाइएको थियो ।

    भेटपछि सञ्चारकर्मीलाई भण्डारीले सदस्यता नवीकरण पुरानै विषय भएको मात्रै जनाइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images