images
images
  • ओलीविना एमाले मुख्यालय न्यास्रो, पूर्वराष्ट्रपति विद्या दल–बलसहित पुगिन् च्यासल

    काठमाडौं– सक्रिय राजनीतिमा पुनः प्रवेश गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज (आइतबार) नेकपा (एमाले) मुख्यालय, च्यासल पुगेकी छन् ।

    आफ्ना समर्पित नेता–कार्यकर्ताहरू र सुरक्षाकर्मीहरूको साथमा उनी दिउँसो ठीक ३ बजे च्यासलस्थित पार्टी कार्यालयमा पुगेकी हुन् ।

    तर, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भने सो समयसम्म पार्टी कार्यालयमा पुगेका छैनन् ।

    प्रधानमन्त्री ओली सिंहदरबारस्थित सरकारी कार्यव्यस्तताका कारण च्यासल पुग्न नसकेको उनको सचिवालयले जनाएको छ ।

    पूर्वराष्ट्रपति भण्डारीको च्यासल पुग्नुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

    विशेषगरी भण्डारीले सक्रिय राजनीतिमा पुनरागमन गरेसँगै एमालेभित्रको शक्ति सन्तुलनमा तरंग देखिएको छ ।

    यस पृष्ठभूमिमा ओली र भण्डारीबीच भेटवार्ता हुने तयारी भएको स्रोतहरूले जनाएका छन् ।

    भण्डारीको आगमनले एमाले मुख्यालयमा आन्तरिक समीकरण र शक्ति केन्द्रितताको चर्चा फेरि चर्किएको छ ।

    पार्टीभित्र भविष्यका नेतृत्व र रणनीतिक विकल्पहरूबारे बहसलाई उनले पुनः ताजा बनाइदिएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images