images
images
  • सेयर बजारमा आज २१ अर्ब ४६ करोड भन्दा बढीको कारोबार

    काठमाडौं– साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २१ अर्बभन्दा बढीको कारोबार भएको छ ।

    आइतबार नेप्सेमा २१ अर्ब ४६ करोड ४९लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

    आइतबारको कारोबारमा नेप्से परिसूचक भने घटेर बन्द भएको छ ।

    आज नेप्से २.८७ अंकले घटेर २ हजार ८ सय ६७ दशमलव ७६ विन्दुमा बन्द भएको हो ।

    आजको कारोबारमा १०५ कम्पनीको शेयरमूल्य बढ्दा १४४ वटाको घटेको छ ।

    आज दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

    जसमा उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जी लिमिटेड रहेका छन् ।

    यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

    त्यस्तै, ट्रेड टावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले पनि सर्वाधिक कमाएका छन् ।

    यी कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

    समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाए ।

    यस कम्पनीको शेयरमूल्य ८.८८ प्रतिशतले घटेको छ ।

    नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

    यस कम्पनीको आज ९८ करोड ५५ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images