काठमाडौं– नेपाली कांग्रेस नेता शेखर कोइरालाले आइतबार आफ्ना निकट मन्त्री र सांसदहरूसँग छुट्टाछुट्टै समूहमा छलफल गरेका छन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा भएको छलफलमा उनले कृषि मन्त्री रामनाथ अधिकारीसहित बिहान ८ जना र दिउँसो थप १२ जना सांसदलाई बोलाएका थिए ।
कोइरालाले ओली नेतृत्वको सरकार र आफ्नै पक्षका मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै यदि सुधार नभए मन्त्री फिर्ता बोलाउने संकेत दिएका छन् ।
देउवाले निर्देशन दिएर गरिएको १८ जना नेता–कार्यकर्तामाथिको अनुशासन कारबाही फिर्ता गराउन दबाब दिने विषयमा सामूहिक राजीनासमेत छलफल भएको बताइएको छ ।
पछिल्लो समय कोइरालाले माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गरेका छन् ।
कांग्रेसमा ८८ सांसदमध्ये कोइरालातिर करिब ३० जना सांसद रहेको दाबी गरिएको छ भने संसदीय दल नेतामा फेरबदल गर्न ४५ सांसदको समर्थन आवश्यक हुन्छ ।






















