
काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पक्षका सांसदहरूसँग विशेष छलफल गरिरहेका छन् ।
उनले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सांसदहरूलाई बोलाएर छलफल थालेका हुन् ।
संस्थापन इतर समूहका एक नेताले छलफलको आयोजना कोइरालाले नै गरेको पुष्टि गरेका छन् । उनका अनुसार बैठक हाल जारी छ ।
पछिल्लो समय डा.कोइराला दलभित्र मात्र होइन, बाहिरी शक्तिकेन्द्रहरूसँग पनि संवादमा देखिएका छन् ।
केही दिनअघि उनले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यक्तिगत निवासमै पुगेर भेटेका थिए ।
उनका निकट नेताहरूका अनुसार डा.कोइराला अन्य प्रमुख दलका शीर्ष नेताहरूसँग पनि नियमित भेटघाट गर्दै छन् ।
यी भेटघाट र छलफलहरूलाई नयाँ सत्ता ध्रुवीकरणसँग जोडेर हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्