images
images
  • १० वर्षे सशस्त्र संघर्षका गुरु–चेलाबीच भेट

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य ‘किरण’लाई भेट गरेका छन् ।

    प्रचण्ड आज बिहान वैद्यको टोखास्थित निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    हाल स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी पाएपछि प्रचण्डले खुशी व्यक्त गर्दै वैद्यको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

    दुई दशकभन्दा बढी समय सँगसँगै माओवादी आन्दोलनको नेतृत्व गरेका दुवै नेताबीच राजनीतिक विचारमा मतभेद भए पनि व्यक्तिगत सम्बन्ध भने सौहार्दपूर्ण रहँदै आएको छ ।

    भेटवार्ताका क्रममा प्रचण्डले मोहन वैद्यको योगदानको स्मरण गर्दै उनले स्वास्थ्य सशक्त रहनु देश र जनताको पक्षमा रहेको पनि बताएका छन् ।

    केही समयदेखि अस्वस्थ वैद्य हाल चिकित्सकीय निगरानीमा घरमै विश्राम गरिरहेका छन् ।

    १० वर्षे सशस्त्र संघर्षको बेला वैद्य प्रचण्डका गुरु थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images