काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा दुईदिने भारत भ्रमणमा जाँदैछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुने यो भ्रमण छोटो भए पनि दुईपक्षीय सम्बन्ध मजबुत पार्न केन्द्रित रहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
प्रमुख एजेन्डामध्ये सीमा विवाद र विगतका समझदारीहरूको कार्यान्वयन प्राथमिकतामा रहनेछ ।
भ्रमणअघि गृहसचिवस्तरीय सीमा व्यवस्थापन समूह (बोर्डर वर्किङ ग्रुप) को बैठक दिल्लीमा बस्ने तयारी भइरहेको छ ।
गत चैतमा बैंककमा ओली–मोदीबीच संवाद नजोडिएको सीमा प्रसंग अबको भेटवार्ताको प्रमुख विषय बन्ने देखिन्छ ।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा संविधानमै उल्लेख गरेपछि भारत असन्तुष्ट देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















