images
images
  • कांग्रेस–एमाले असन्तुष्ट पक्ष र माओवादीसँग मिलेर प्रधानमन्त्री पड्काउने शेखरको सपना चकनाचुर

    काठमाडौं– प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेता शेखर कोइराला सधैं सत्तापक्षमै रहँदा पनि सरकारसँग असन्तुष्ट देखिन्छन् ।

    माओवादीसँगको गठबन्धन हुँदा उनले कांग्रेस–एमाले मिलेर स्थायित्व र संविधान संशोधनमार्फत जनताको पक्षमा सरकार बन्नुपर्ने बताउँथे तर, अहिले कांग्रेस–एमाले गठबन्धन सरकारले पनि उनको असन्तुष्टि मेटिएको छैन ।

    शेखर सुशासनको अभाव, दण्डहीनता र भ्रष्टाचारको बढ्दो स्थितिप्रति चिन्तित छन् ।

    उनका अनुसार नेताहरू जनताबाट टाढा भइसकेका छन् र राजनीतिमा नैतिकताको खडेरी छ ।

    सरकारको कामप्रति निरन्तर खबरदारी गर्दै आएका उनले सत्ता गठबन्धन राज्यको एमालेकरण हुँदै गएको आशंका पनि व्यक्त गरेका छन् ।

    उनले खोजेको सरकार स्थायित्व, विधिको शासन, जनमुखी सेवा र पारदर्शितामा आधारित हुनु पर्ने बताउँछन् ।

    तर, वर्तमान गठबन्धन यस्तो मोडेलमा चलेको देखिन्न । कोशी प्रदेशमा शेखरकै जोडबलमा बनेको कांग्रेस नेतृत्वको सरकार पनि अन्ततः असफल भयो ।

    शेखर समर्थकहरूका अनुसार उनले वकालत गर्ने राजनीतिक मोडलमा सुशासन, संविधान संशोधन र जनता केन्द्रित शासन पद्धति अडानको विषय हो ।

    तर, व्यवहारमा उनी प्रस्तावित सरकार निर्माण मोडलको सफल कार्यान्वयन गराउन चुकेका देखिन्छन् ।

    यहीँ मौकामा ओली नेतृत्वको सरकार ढलाएर कांग्रेस–एमाले असन्तुष्ट पक्षसँग मिलेर नयाँ सरकार बनाउने रणनीति तत्कालका लागि स्थगित भएको छ ।

    यद्यपि कांग्रेसमा आफ्नो पक्ष, एमाले विद्या भण्डारी र माओवादी केन्द्रसँग मिलेर तत्काल नयाँ सरकार गठन गर्ने कोसिस भने शेखरले त्यागेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्

    images