images
images
  • सरकारले तोकेको नयाँ न्यूनतम पारिश्रमिकप्रति मजदुरको असहमति

    काठमाडौँ : श्रमिकहरूको न्यूनतम पारिश्रमिक ३० हजार ४४३ हुनुपर्नेमा १९ हजार ५५० रुपैयाँ तोकेको भन्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले ति असहमति जनाएको छ।

    शुक्रवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले पत्रकार सम्मेलन आयोजना गर्दै असहमति जनाएको हो। यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी पारिश्रमिक बढाएको थियो। जेटियुसिसीका महासचिव इन्द्रदेव मिश्रले पारिश्रमिक वृद्धि निर्णय प्रक्रियामै त्रुटि भएको आरोप लगाए।

    उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा जेटियुसिसीका तीनजना प्रतिनिधि रहेकोमा एक सदस्यले स्पष्ट असहमति जनाउँदा समेत बाँकी दुई सदस्यको हस्ताक्षरको आधारमा निर्णय गर्नु अन्यायपूर्ण र गैरप्रजातान्त्रिक भएको उनको भनाइ छ।

    उनले सरकार, रोजगारदाता तथा ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा एकपक्षीय ढंगले हस्ताक्षर गरिएको भन्दै निर्णय पुनर्विचार गर्न माग गरे। जेटियुसिसीले लामो समयदेखि श्रमिकको न्यूनतम पारिश्रमिक ३० हजार ४४३ रुपैयाँ ज्याला तोक्नुपर्ने माग राख्दै आएको छ।

    उनले भने, ‘१९ हजार ५५० रुपैयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरिएकोरप्रति जेटियुसिसीको ध्यानाकर्षण भएको छ। हाम्रो विधानअनुसार कुनै पनि निर्णय सर्वसहमत गर्नुपर्ने व्यवस्था छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिमा जेटियुसिसीका तर्फबाट प्रतिनिधित्व गर्ने तीन सदस्यमध्ये एक सदस्यले असहमति जनाएको अवस्थामा उक्त निर्णय संस्था र श्रमिकहरूको भावनाविपरीत छ। यसकारण उक्त निर्णयमा जेटियुसिसीको असहमति रहेको स्पष्ट पार्छौँ।’

    त्रिपक्षीय बैठकमा भएको निर्णय नसच्याए चरणबद्ध संघर्षमा जाने उनको चेतावनी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images