images
images
  • गाजाको चर्चमा भएको विष्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा

    काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजा पट्टीको चर्चमा भएको इजरायली बम विष्फोटको कडा निन्दा गर्दै यसलाई सर्वसाधारणको नसंहारको रूपमा वर्णन गरेका छन् ।

    नियमित पत्रकार सम्मेलनका क्रममा राष्ट्रसङ्घका प्रवक्ताले भने, “गुटेर्रेसले पूजा स्थलहरूलाई लक्षित गरी गरेको आक्रमण अस्वीकार्य भएको कुरामा जोड दिदै आश्रय खोज्ने नागरिकलाई सम्मान र सुरक्षा गर्न र सैन्य शक्तीको दुरुपयोग नगर्न आग्रह गर्नुभएको छ ।”

    महासचिवले तत्काल युद्धविराम र सबै बन्धकहरूको बिना शर्त तत्काल रिहाइको आवश्यकतामा जोड दिदै सबै पक्षलाई नागरिकहरूको रक्षा गर्ने आफ्नो दायित्वको पूर्ण पालना गर्न र पट्टीमा मानवीय सहायताको पहुँच दिन आह्वान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images