images
images
  • ओलीको शैलीमा लिङ्देनले राप्रपा उपाध्यक्षलाई गरे पदमुक्त

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ ।

    अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएका हुन् ।

    पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार गिरीसहित चार नेताले लिङ्देनमाथि आरोप लगाउँदै पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका थिए ।

    त्यसको प्रतिक्रियामा गिरीलाई हटाइएको हो ।

    उक्त समूहले सगुन सुन्दर लावती र धनसुर शाहीलाई पनि विधान विपरीत हटाइएको दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images