images
images
  • एमाले नेतृत्वमा ओली निर्विकल्प बन्ने पक्का भएपछि महासचिव पोखरेलको बढ्यो फुर्ती

    काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको आन्तरिक विधि निर्माणमा रहेको अन्योल अन्त्य भएको दाबी गरेका छन् ।

    शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी गर्दै उनले पार्टीको भावी योजना ‘मिसन ८४’ का लागि अब बलियो नेतृत्व र एकताबद्ध संगठन सुनिश्चित भएको बताएका हुन् ।

    पोखरेलले लेखेका छन्, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो, त्यो सुनिश्चित भएको छ ।’

    उनको यो टिप्पणी एमाले सचिवालयको पछिल्लो निर्णयसँग जोडिएको छ । बिहीबार राति अबेर सम्पन्न सचिवालय बैठकले पार्टीको विधानमा महत्वपूर्ण संशोधनहरू गर्दै ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने निर्णय गरेको हो ।

    पदाधिकारी संख्या १५ पु¥याउने र केन्द्रीय कमिटीलाई २५१ सदस्यीय बनाउने निर्णय पनि गरिएको छ ।

    पार्टीको ११औं महाधिवेशनका प्रतिनिधि बन्ने योग्यतासम्बन्धी प्रावधानका कारण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको महाधिवेशन प्रवेशको सम्भावना बन्द भएको राजनीतिक सन्देशसमेत उक्त निर्णयले दिएको छ ।

    भण्डारी एमाले नेतृत्वमा फर्कन प्रयासरत रहेको चर्चा भइरहेका बेला उक्त निर्णय आएको हो ।

    यी परिवर्तनसँगै अध्यक्ष केपी शर्मा ओलीको पुनः नेतृत्व निर्विवाद हुने प्रष्ट देखिएको छ। पोखरेलले विधि निर्माणको अन्योल हटेको भन्नुको अर्थ ओलीकै नेतृत्वमा महाधिवेशन अघि बढ्ने सुनिश्चितता भएको बुझिन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images