काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सुझाव दिएका छन् ।
बिहीबार खुमलटारस्थित प्रचण्ड निवासमा भएको दुई घण्टा लामो भेटमा कोइरालाले यस्तो प्रस्ताव गरेका हुन् ।
भेटमा प्रचण्डले जनताको आशा कोइरालामाथि रहेको बताएका थिए भने दलको नेता नभएको प्रसंगसमेत उठाएका थिए ।
जवाफमा कोइरालाले, ‘पहिला प्रतिपक्षी दलको नेताका हैसियतमा सरकार ढाल्ने प्रयास गर्नुस्, अनि मात्रै नयाँ राजनीतिक खेल सुरु हुन्छ,’ भनेका थिए ।
कोइरालाका अनुसार एमाले–कांग्रेस गठबन्धन बलियो सरकार बनाउने उद्देश्यसहित आफू लागेको भए पनि जनताले एक वर्षभित्रै आशा गुमाएको बताएका छन् ।
प्रचण्डले भने आफू सुशासनका लागि काम गर्न चाहेको तर गर्न नदिइएको गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्






















