images
images
  • रास्वपा नवप्रवेशी डा.रेग्मी रूपन्देही–३ को उपनिर्वाचनको सम्भावित उमेद्‌वार

    काठमाडौं– नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

    बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा प्रवक्ता मनीष झालगायत नेताहरूले उनलाई स्वागत गरे ।

    पर्यटन बोर्डको कार्यकाल सकिएपछि रेग्मीले पार्टी सदस्यता लिएको जानकारी प्रवक्ता झाले दिएका हुन् ।

    स्याङ्जाका स्थायी बासिन्दा रेग्मी भूगोल, जलवायु परिवर्तन र हिमतालका विज्ञ हुन् ।

    जापानबाट अर्थ साइन्समा विद्यावारिधि गरेका उनले अमेरिका र नेपालका विश्वविद्यालयमा अध्ययन तथा अध्यापन गरेका छन् ।

    पूर्वमा बुढानिलकण्ठ स्कुल र त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका रेग्मी हाल पर्यावरण, जलवायु परिवर्तन र निजी व्यवसायमा सक्रिय छन् ।

    उनले हिमालयन क्लाइमेट सेन्टरमा काम गरेका थिए भने अटोमोबाइल, पर्यटन, होटल र जलविद्युत् क्षेत्रमा लगानी छन् ।

    हाल काठमाडौंमा निर्माणाधीन चारतारे होटल अन्तिम चरणमा पुगेको छ । रेग्मी हिमालय नर्थ फेस लुम्काका अध्यक्ष पनि हुन् ।

    रास्वपाले रेग्मीलाई आसन्न कात्तिकमा हुने रूपन्देही–३ को उपनिर्वाचनमा उमेदवार बनाउने प्रवल सम्भावना रहेको स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images