images
images
  • विद्याको पक्षमा खुलेपछि पोखरेलको वरिष्ठ उपाध्यक्ष पद गुम्ने खतरा

    काठमाडौं– नेकपा (एमाले)ले पार्टीको वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने तयारी गरेको छ ।

    दिउँसो १ बजेदेखि सुरु भएको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पार्टी विधान संशोधन गरी यो पद हटाउने निर्णय गर्ने सम्भावना छ ।

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकले आगामी भदौ २०–२२ गते गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको तयारीसम्बन्धी छलफल गर्नेछ ।

    सो महाधिवेशनबाट संशोधित विधान लागू हुनेछ । पार्टीभित्र अध्यक्षको दुई कार्यकाल सीमा र ७० वर्षे उमेर हदबारे पनि बहस चलिरहेको छ ।

    यदि वरिष्ठ उपाध्यक्ष पद खारेज हुने निर्णय पारित भएमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महाधिवेशनपछि सो पदबाट बाहिरिनेछन् ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले फिर्तीसँगै उनको पक्षमा खुलेर बोल्न थालेपछि पोखरेलमाथि कारबाहीको डण्डा वर्षाउने पक्षमा ओली देखिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images