काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किन मिल्छ कि मिल्दैन भन्ने निर्णय एमालेले नै गर्ने बताएका छन् ।
पत्रकार विजयकुमार पाण्डेसँग ’दिशानिर्देश’ कार्यक्रममा बोल्दै ओलीले भण्डारीले पार्टी राजनीतिमा फर्कनेबारे आफू वा पार्टीसँग कुनै सल्लाह नगरेको बताए ।
उनका अनुसार भण्डारीले सदस्यता नवीकरण गरे पनि त्यो व्यक्तिगत पहल हो र औपचारिक निर्णय गर्नुपर्ने आवश्यकता रहेको छ । ‘उहाँ हाम्रो उपाध्यक्ष भएर राष्ट्रपतिमा जानुभएको थियो, हामीले पठाएका थियौँ,’ ओलीले स्मरण गरे ।
पूर्वराष्ट्रपतिले राजनीतिमा फर्किने इच्छा जनाइसकेकाले पार्टीले त्यसबारे नैतिक, राजनीतिक र सामाजिक प्रभावसमेत विचार गरी निर्णय लिने उनले स्पष्ट पारे ।
ओलीले भण्डारीको सम्भावित राजनीतिक पुनरागमनबारे चाँडै सल्लाह गरेर निर्णय लिइने जानकारी दिँदै अहिले उनलाई नेतृत्व सुम्पनेजस्तो अवस्था नरहेको उल्लेख गरे । ‘उहाँ पार्टी कामबाट धेरै वर्ष टाढा रहनुभएको छ,’ ओलीले भने






















