काठमाडौं– भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
३२ लाख रुपैयाँ घुस लिएको अडिओ सार्वजनिक भएपछि उनले आज (बिहीबार) दिउँसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
सार्वजनिक अडिओमा पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा हडप्न सेटिङ मिलाइएको र सो क्रममा मन्त्री अधिकारीले घुस लिएको दाबी गरिएको छ ।
अडिओमा एमाले नेता खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउने र मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्ने भूमाफियासँगको मिलेमतो देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्






















