images
images
  • जनार्दनलाई साइजमा राख्न प्रचण्डको सहारा महरा !

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको बढ्दो अन्तर्विरोध र वामपन्थी शक्तिसँगको एकता प्रयासमा संयोजनकारी भूमिका खेल्न उपाध्यक्ष कृष्णबहादुर महरालाई आग्रह गरेका छन् ।

    बुधबार दिउँसो खुमलटारस्थित निवासमा भएको करिब एक घण्टा लामो भेटमा स्थायी समिति बैठकको तयारी, उपमहासचिव जनार्दन शर्मासँगको मतभेद, विप्लव नेतृत्वको नेकपासँगको एकता प्रयास लगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

    महराले यस भेटलाई सामान्य आन्तरिक छलफलको रूपमा टिप्पणी गरेका छन् । पछिल्लो समय पार्टीभित्रको शक्ति सन्तुलनमा असहमति देखिँदै आएको छ । यही सन्दर्भमा प्रचण्डले साउन १६ गते स्थायी समिति बैठक बोलाएका छन् ।

    पार्टी निर्माण र पद्धतिसम्बन्धी विषयमा शर्माले अघिल्लो वर्ष १४ बुँदे प्रस्ताव ल्याएपछि नेतृत्वबीचको दूरी बढेको हो । महरा यसअघि एकता संयोजन समितिका संयोजक थिए भने अहिले यो जिम्मेवारी प्रचण्डले आफैंले सम्हालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images