काठमाडौं– बंगलादेशी सुरक्षा बलहरूको बुधबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन् ।
गत वर्ष अगस्टमा हसिना विरुद्धको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको नयाँ राजनीतिक पार्टीले हसिनाको पैतृक घर दक्षिणपश्चिमी गोपालगञ्ज जिल्ला र उनको अवामी लिग पार्टीको गढतर्फ पदयात्रा गर्ने घोषणा गरेपछि बिहान हिंसा भड्किएको थियो ।
अधिकारीहरूले पछि जिल्लामा रातिको कफ्र्यू लगाएका थिए । एघार महिनाअघि हसिनाको निष्कासनपछि बङ्गलादेश अराजकता र अनियन्त्रित भिडको हिंसाले ग्रस्त भएको छ ।
मुलुकको अन्तरिम सरकार बिग्रँदै गएको सुरक्षा अवस्थालाई नियन्त्रणमा ल्याउन असफल भएसँगै बुधबारको आक्रमणले देशको गहिरो विभाजनलाई उजागर गर्दछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















