images
images
  • मदन भण्डारी फाउन्डेसनको आडमा विद्याको राजनीतिक सक्रियता, झापाबाट भ्रमणको आरम्भ

    काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चतुर राजनीतिक पुनरागमनले एमालेभित्र शक्ति संघर्षलाई तिव्र बनाएको छ ।

    एमालेले २०८१ वैशाखमा ‘गणतन्त्र गौरव’ सम्मान दिने तयारी गर्दा भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेकी थिइन् ।

    १४ असार २०८२ मा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेको आन्तरिक राजनीति थप तातेको हो ।

    सदस्यता नवीकरण गुपचुप गरिएको भए पनि त्यसपछि भण्डारीले गण्डकी, कोशी र झापा–मोरङजस्ता जिल्लामा भ्रमण गर्दै एमाले कार्यकर्तासँग भेटघाटलाई तीव्र पारिन् ।

    मोरङमा संस्थापन पक्षको पराजय र झापामा खुला अभिव्यक्ति दिँदै उनले आफूलाई रोक्न कोही नसक्ने संकेत दिइन् ।

    संगठन निर्माणमा पनि भण्डारी सक्रिय देखिएकी छन् ।

    मदन भण्डारी फाउन्डेसनमार्फत् उनले जिल्ला तहसम्म पुग्ने योजना अघि सारेकी छन् ।

    हालै गठन भएको ७५ सदस्यीय समिति अधिकांश उनका निकटका नेता रहेको बताइन्छ ।

    साथै उनले व्यक्तिगत वेबसाइट सार्वजनिक गर्दै आफ्नो वैचारिक स्पष्टता र राजनीतिक मूल्यको सन्देश पनि दिन खोजेकी छन् ।

    यो वेबसाइट र फाउन्डेसनको प्रयोगबाट उनी एमालेभित्र ओलीको विकल्पका रूपमा आफूलाई स्थापित गर्न लागिपरेको संकेत मिलेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images