images
images
  • राष्ट्रिय सभामा माओवादी बहुमतसिद्ध, जसपाको समर्थन फिर्तासँगै एक्लियो सत्तारूढ

    काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै जसपाले बुधबार बसेको संसदीय दलको बैठकबाट समर्थन फिर्ताको औपचारिक निर्णय गरेको हो ।

    यसअघि पार्टीको केन्द्रीय कार्यकारिणी समितिले समर्थन फिर्ता लिने निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।

    जसपाले समर्थन फिर्ता लिएसँगै सत्ता साझेदार दलको संख्या घटेर अब ६ वटामा सीमित भएको छ ।

    गत वर्ष ३१ असारमा प्रधानमन्त्री नियुक्त हुँदा केपी शर्मा ओलीलाई ७ दलका १८८ सांसदले समर्थन गरेका थिए ।

    जसपाका ३ सांसद समर्थन फिर्ता गरेपछि राष्ट्रिय सभामा सरकार पक्ष अल्पमतमा पुगेको छ ।

    ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६, एमालेसँग ११ र लोसपासँग १ सिट मात्रै छ ।

    विपक्षी दल माओवादीसँग १७, एकीकृत समाजवादीसँग ८, जसपासँग ३, राष्ट्रिय जनमोर्चासँग १ सिट छन् ।

    राष्ट्रपति मनोनित वामदेव गौतम पनि समाजवादीमा प्रवेश गर्न लागेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images